स्वराज हुने कि न हुने ?
मेरो विचारमा स्वराजको शाब्दिक अर्थ :- आफ्नो शासन वा आफ्ना राज्य । अझ यसलाई सरल भाषामा बुझ्दा स्व= आफ्नो र राज = शासन अर्थात आफ्नो देश वा समाजमा स्वयम् को नियन्त्रण हुनु, जसमा कतै बाहिरी शक्तिको हस्तक्षेप नहुनु हो । भारतमा ब्रिटीश ( अँग्रेज शासकलाई ) भगाउ अभियानमा यो नारा निकै प्रचलित थिए अर्थात अँग्रेज शासनबाट छुटकारा साथै भारतीयद्वारा आफ्नै शासन । – आजको समयमा स्वराजको अर्थ राजनिती मात्र होइन बरु यसलाई यसरी बुझौ
१ व्यक्तिको आत्मनिर्भरता ( personal freedom )
२ समाजको आत्म निर्णय ( social decision )
३ आर्थिक र साँस्कृतिक स्वतन्त्रता ( freedom of economic and cultural ) पनि हो ।
अहिले नेपालमा आदिवासी , जनजाति , दलित र पिछडा वर्गहरुलाई साथै मधेसी समाजलाई टुक्रा-टुक्रा पार्न सफल भएको बाहुन वादी सोच । खस आर्य र जो आफुलाई फोर्वाड कास्ट ( जाति ) सम्झिरहेको छ । त्यसको विरुद्धमा अब पनि सचेत हुने वा न हुने ? सोच्नुपर्ने बेला आइसकेको छ । आखिर आदिवासी ( ST ) , दलित ( SC ) र पिछडा वर्ग (OBC) को हुन ? आदिवासी जनजाति ( ST) तराईको थारु, धिमाल, राजवंशी लगायत आदि । जो सिमान्तकृत , अति सिमान्तकृत र पिछडा वर्गमा पर्छ र जसले जल, जंगल, जमिनमा अग्राधिकार सहित आत्मसम्मान खोजी रहेको छ । यी जातिहरुले पहिचान , भाषा, साँस्कृति, राज्य संरचना ( federalism फेडरलिजम ) को लागि पटक-पटक आन्दोलन गरिसकेको छ । आन्दोलन निरन्तर छ । जसको ज्वलन्त उदाहरण टिकापुर घटना नै हो ।
दलित ( SC) scheduled caste चमार, मुसहर , डोम, दमाई , सार्की , बि.क.आदि । ऐतिहासिक रुपले अच्छुत मानेको मंदिर, पानी , शिक्षाबाट बन्चित थिए र अहिले सामाजिक भेदभावका साथै जातिगत समस्या कायम छ । पिछडा वर्ग ( OBC) कुर्मी , महतो , तेली, मण्डल जो सामाजिक , शैक्षिक , रुपले पिछडिएको छ । शिक्षा, नोकरीमा पछाडि छ ।
ST ( scheduled tribe ) आन्दोलनमा मत भिन्नता किन ? ST ले SC वा OBC सँग मिल्दैन । हाम्रो माग , मुद्दा , पहिचान अलग छ । आखिर किन ? राजनीतिमा ST बेग्लै पहिचान मानिन्छ , केवल बिभाजनको लागि त्यो हामी कहिले बुझ्ने ? समग्रमा सबै जातजातिको आवश्कता , आत्मसम्मान नै हो, राज्य सतामा पहुँच नै हो , राज्यको हरेक तह तपकामा समानुपातिक प्रतिनिधित्व नै हो भने अधिकारको लागि एक कित्तामा उभिन गोलबन्द किन न हुने ? सबै सँगै मिलेर संघर्ष गर्नुको बिकल्प छैन । अतः अब न हुने , अब न गर्ने त कहिले गर्ने ? आदिवासीजनजाति + दलित +पिछडा वर्ग = बहुजन समाजको निर्माण नै आजको आवश्यकता हो ।
